बिहीबार, वैशाख ११, २०८२

नवलपरासीमा बाढीले बगाउँदा २ जनाको मृत्यु

नेपालखोज २०७८ भदौ ११ गते १६:१२

काठमाडौं । अविरल वर्षाका कारण आएको बाढीले बगाउँदा नवलपरासीमा दुई जनाको ज्यान गएको छ ।

बाढीले बगाएर एक जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । मृत्यु हुनेमा रामग्राम नगरपालिका–१८ बञ्जरियाका ३७ वर्षीय विनोद प्यासी र उनका छोरा १३ वर्षीय प्रदीप रहेका छन् ।

सुनवल नगरपालिका–१४ की एलिसा तामाङ बेपत्ता भएको बताइएको छ । उनीहरूको शव केही तल खेतमा फेला परेको थियो । तामाङको अवस्था भने अहिलेसम्म अज्ञात रहेको इलाका प्रहरी कार्यालय सुनवलले जनाएको छ ।

डुबानका कारण परासीका घर र पसलमा बाढी पस्दा लाखौंको क्षति भएको प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया