बिहीबार, वैशाख ११, २०८२

श्रीलंकन एयरलाइन्सद्वारा काठमाडौं-श्रीलंका उडान सुरु

नेपालखोज २०७८ भदौ १५ गते ६:३१

काठमाडौं । श्रीलङ्कन एयरलाइन्सले भोलि (मङ्गलबार)देखि काठमाडौँ–श्रीलङ्का सिधा उडान गर्ने भएको छ ।

एयरलाइन्सलाई सातामा दुई उडानका लागि अनुमति दिइएको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण का प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी जानकारी दिए ।

श्रीलङ्कन एयरले गृष्मकालीन समयका लागि आगामी सेप्टेम्बर ४ तारिखसम्मका लागि उडान अनुमतिका लागि निवेदन दिएको छ । कम्पनीले अवस्था हेरेर शरदकालीन समयका लागि पनि उडान अनुमतिका लागि निवेदन दिनेछ ।

उक्त एयरलाइन्सले भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने इच्छा व्यक्त गरेको छ । भैरहवामा कम्तीमा एक उडान गर्नेछ । यो उडान दैनिक या सातामा भन्ने यकिन भैनसकेको विमानस्थल स्रोतले जनाएको छ ।

नेपालका लागि आधिकारिक ट्राभल एजेन्सी जेनिथ ट्राभल प्रालिका अनुसार रोजगारीका लागि श्रीलङ्का जाने नेपालीलाई लक्षित गरेर उडान सुरु गरिएको हो ।

यसले अवस्था सामान्य भएपछि पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास गरिएको छ । एयरलाइन्सले आगामी सेप्टेम्बरदेखि जापान, अस्ट्रेलिया र लन्डनमा पनि उडान सुरु गर्ने योजना बनाएको छ ।

प्रतिक्रिया