काठमाडौंको फोहर चाँडो उठाउन प्रधानमन्त्रीको निर्देशन
नेपालखोज
२०७८ भदौ १५ गते ६:३८

काठमाडौं । काठमाडौंमा विगत साढे १ महिनादेखि फोहोर उठन नसकेपछि प्रधानमन्त्री शेरबहादु देउवाले जतिसक्दो चाँडो फोहोर उठाउने प्रबन्ध गर्न निर्देशन दिएका छन् ।
देउवाले सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीलाई बोलाएर तत्काल फोहर उठाउने आवश्यक प्रबन्ध गर्न निर्देशन दिएका हुन्।
प्रधानमन्त्री देउवाले त्यसमा सरकारको तर्फबाट पूर्ण सहयोग वचन समेत दिएका छन् ।
सम्बन्धित अन्य सरकारी निकायबाट पनि समन्वय हुने भन्दै उनले काठमाडौँको फोहर उठाउने व्यवस्था गर्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
काठमाडौंमा लामो समयसम्म फोहोर उठ्न नसक्दा दुर्गन्ध बढेको छ ।
सम्बन्धित
प्रतिक्रिया