बिहीबार, वैशाख ११, २०८२

मनसुनी वायुको प्रभाव कायमै, कहाँ-कहाँ पर्दै छ पानी !

नेपालखोज २०७८ भदौ १५ गते ७:०१

काठमाडौं । देशभरको मौसममा आज (मंगलबार) पनि बदली भएको छ । मनसुनी वायुको प्रभाव रहेकाले आज देशको केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

वाग्मती र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज बिहान प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । दिउँसो पनि देशभर मौसम बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भने मेघगर्जनसहित भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार राति देशभर सामान्य बदली रही वाग्मती प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना छ ।

प्रतिक्रिया