बुधबार, वैशाख १०, २०८२

३ हजार अंकबाट पनि ओर्लियो नेप्से

६९ अंकले घट्दा १३ अर्ब २५ करोड रुपैयाँको सेयर किनबेच

नेपालखोज २०७८ भदौ १५ गते १६:००

काठमाडौं । नेप्से तीन हजार अंकबाट पनि घटेको छ । साताको तेस्रो कारोबार दिन आज मंगलबार नेप्से ६९ दशमलव पाँच अंकले घटेर दुई हजार नौ सय ७५ दशमलव ८४ अंकमा पुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि १२ दशमलव ३४ अंकले घटेर पाँच सय ५० दशमलव ५२ अंकमा पुगेको छ । दुई सय २७ वटा कम्पनीहरूको एक लाख ३० हजार सात सय ७४ पटकको कारोबारमा दुई करोड ३१ लाख नौ हजार सात सय १३ कित्ता सेयर खरिद-बिक्री हुँदा कुल कारोबार रकम १३ अर्ब २५ करोड ९६ लाख ९६ हजार एक सय सात रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ समूहको कारोबार भएकामा १३ वटै समूहको सूचक घटेर नेप्से पूरै रातो भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक २२ दशमलव ९९ अंकले घटेर एक हजार नौ सय ७२ दशमलव १९ अंकमा जलविद्युत् समूहको सूचक पनि एक सय २४ दशमलव २७ अंकले घटेर तीन हजार चार सय ६८ दशमलव ११ अंकमा झरेको छ । निर्जीवन बिमा समूहको सूचक पनि तीन सय ७२ दशमलव ५८ अंकले घटेर १३ हजार सात सय ९५ दशमलव ३६ अंकमा झरेकामा जीवन बिमा समूहको सूचक पनि चार सय ४७ दशमलव ९८ अंकले घटेर १६ हजार आठ सय २३ दशमलव ६४ अंकमा झरेको छ । यीबाहेक विकास बैंक, फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहरूको सूचक पनि उच्च अंकले घटेका छन् ।

आज कर्णाली विकास बैंकको प्रतिकित्ता सेयर मूल्य सात दशमलव ५८ प्रतिशतले बढेर पाँच सय ६८ रुपैयाँमा प्रतिकित्ता सेयर कारोबार हुँदा रुरु जलविद्युत् आयोजनाको प्रतिकित्ता सेयर मूल्य भने नौ दशमलव ९९ प्रतिशतले घटेर १३ सय ४६ रुपैयाँ ३० पैसामा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज अरुण भ्याली हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सात सय ३७ रुपैयाँ अन्तिम मूल्यमा एक अर्ब एक करोड पाँच लाख ७३ हजार तीन सय ८३ रुपैयाँ ७० पैसाको कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया