सिरहामा कुटपिटबाट महिलाको मृत्यु
नेपालखोज
२०७८ भदौ १६ गते १३:३५

सिरहा । सिरहाको कल्याणपुर नगरपालिका– ९ डुमरीमा आज बिहान दुई परिवारबीच विवाद हुँदा एक महिलाको मृत्यु भएको छ ।
सामान्य विषयलाई लिएर दुई परिवारबीच कुटपिट हुँदा स्थानीयवासी ६५ वर्षीया भालसैरदेवी यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिनुभयो ।
कुटपिटमा संलग्न भएको आरोप लागेका जयकुमार र श्रीदेव फरार रहेका छन् । भारसैरदेवीको शव परीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल लगिएको उपरीक्षक बुढाथोकीले बताउनुभयो ।
सम्बन्धित
प्रतिक्रिया