दुईमहिने सुत्केरीको पीडा- ‘२ हजार नपुग्दा डाक्टरले उपचार गर्नै मानेनन्’

हाइलाइट्स:
– फेसबुकमा भेटेर ९ महिनाअगाडि विवाह भयो । काखमा २ महिनाको बच्चा छ । अझै श्रीमानले घर लगेका छैनन् ।
– दुई महिने नानीको आँखा र कान जचाउन डाक्टरले सल्लाह दिएका छन् तर पैसा छैन । उपचार खर्च जुटाउन २ महिने बच्चा बोकेर चक्रपथ चोकमा आर्थिक सहयोग माग्दै छिन् लक्ष्मी पहाडी ।
– सात महिनामा छोरी जन्मिइन् । आफ्नै कोठामा डेलिभरी भयो । १५ दिनमा छोरीको तौल ५०० ग्राम घटेपछि कान्ति बाल अस्पतालमा १५ दिन आईसीयूमा राख्दा सबै पैसा सकिएपछि डिस्चार्ज गर्न लगाएको हो ।
– छोरीको उपचारका लागि टिचिङ अस्पतालनजिकै सुकुम्बासी बस्तीमा सस्तो कोठा लिएर बसेको छु ।
– छोरी जन्मिँदा त्यति खुन बगेन । खुन पेटमा जमेकाले बेलुकापख निकै पेट दुख्छ । उपचारका लागि पैसा छैन । ३ चोटि अस्पताल गएँ डाक्टरले चेक गर्नै मानेनन् ।
– अस्पतालले उपचारको लागि ६ हजार रुपैयाँ डिपोजिट राख्न भन्यो । मसँग चार हजार मात्रै थियो । पछि दिन्छु २ हजारभन्दा पनि चेक नै गरेनन् ।
– श्रीमानको पनि काम छैन । मैले मागेको पैसाले खाना खाइरहेका छौं । अहिले त खानेकुरा पनि छैन ।
– ग्यास पनि सकिन लागेको छ । सहयोग आएको चामल पनि सकियो । भएको पैसा पनि सकियो नानीको लागि दूध पनि सकिन लागेको छ ।
प्रतिक्रिया