नेप्से १ दशमलव १८ अंकले बढ्याे, ९ अर्ब ३५ करोडको सेयर किनबेच

काठमाडौं । नेप्सेमा करेक्सन देखिएको छ । अघिल्लो दिन ६९ अंकले घटेको नेप्से साताको चौंथो कारोबार दिन आज बुधबार भने एक दशमलव १८ अंकले बढेर २९ सय ७७ दशमलव दुई अंकमा पुगेको छ ।
यसैगरी सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव १६ अंकले बढेर पाँच सय ५० दशमलव ६९ अंकमा पुगेको छ । दुई सय २६ वटा कम्पनीहरुको एक लाख चार हजार तीन सय ४२ पटकको कारोबारमा एक करोड ७१ लाख ८२ हजार आठ सय ७१ कित्ता सेयर किनबेच भएका छन् ।
उक्त किनबेचका आधारमा आज कुल कारोबार रकम नौ अर्ब ३५ करोड १७ लाख ९९ हजार छ सय ५४ रुपैयाँ ६५ पैसा पुगेको छ । नेप्सेमाज १३ वटा समूहको कारोबार भएकोमा आठवटा समूहको सूचक घटेर पाँच वटा समूहको सूचक बढेका छन् ।
सोमध्ये वाणिज्य बैंक समूहको सूचक आठ दशमलव २३ अंकले बढेर १९ सय ८० दशमलव ४३ अंकमा चढेकोमा जीवन बिमा समूहको सूचक पनि ६६ दशमलव ८५ अंकले बढेर १६ हजार आठ सय ९० दशमलव ५० अंकमा चढेको छ ।
यीबाहेक होटेल तथा पर्यटन, लगानी र ट्रेडिङ समूहको सूचक पनि बढेका छन् । विकास बैंक समूहको सूचक भने ४१ दशमलव ९४ अंकले घटेर पाँच हजार छ सय ५९ दशमलव दुई अंकमा झरेकोमा जलविद्युत समूहको सूचक पनि १९ दशमलव ८६ अंकले घटेर तीन हजार चार सय ४८ दशमलव २६ अंकमा झरेको छ ।
निर्जीवन बिमा समूहको सूचक पनि ६५ दशमलव २२ अंकले घटेर १३ हजार सात सय ३० दशमलव १४ अंकमा झरेकोमा फाइनान्स, उत्पादनमुलक, लघुवित्त, सामूहिक लगानी कोष र अन्य समूहहरुको सूचक पनि घटेका छन् ।
आज रुरु जलविद्युुत कम्पनीको प्रतिकित्ता सेयर मूल्य सात दशमलव ५५ प्रतिशतले बढेर १४ सय ४८ रुपैयाँमा कारोबार हुँदा सनराइज फष्र्ट म्युचुअल फन्डको प्रतियुनिट सेयर मूल्य नौ दशमलव ९८ प्रतिशतले घटेर ११ रुपैयाँ ८२ पैसामा कारोबार भएको छ ।
यसैगरी आज अरुण भ्याली हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सात सय २६ रुपैयाँ अन्तिम मूल्यमा ५९ करोड ९९ लाख ३६ हजार ४९ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।
प्रतिक्रिया