बिहीबार, वैशाख ११, २०८२

गायिका इन्दिरा जोशी डेटिङ जाँदा…(तस्बिरसहित)

नेपालखोज २०७८ भदौ १७ गते १५:३०

काठमाडौं । गायिका इन्दिरा जोशीले एक दिनअघि सामाजिक सन्जाल फेसबुकमा आफ्ना केही तस्बिर सेयर गरिन् । कालो रंगको गाउनमा मोतीको माला पहिरिएकी इन्दिरा तस्बिरमा निकै आकर्षक देखिएकी छन् । उनले साथमा एउटा सानो हेन्डब्यागसमेत बोकेकी छन् । यति त सामान्य कुरा नै भयो । स्पेसल कुराचाहिँ उध्रेको चोली फेम इन्दिराको वान पिस पहिरन ब्याकलेस तथा स्लिपलेस छ । त्यति मात्र होइन उनले यो तस्बिरसँगै लेखेको टिप्पणी पनि स्पेसल नै छ । इन्दिराले लेखेकी छन्- डेट नाइट । साथमा लभ इमोजी पनि छ रातो पानको पातका रुपमा । यद्यपि उनले आफ्नो डेटको नाम र उनको तस्बिर भने सार्वजनिक भने गरेकी छैनन् । त्यसो भए को होला त यी सुन्दर गायिकाले फेला पारेको सपनाको राजकुमार ?

त्यसो त पहिरन र डेटिङको कुरा नै पर्याप्त छ इन्दिराको यो पोस्टमा टिप्पणीहरुको ओइरो लगाउन । नभन्दै त्यस्तै भएको छ । इन्दिराको यो तस्बिरसहित केवल दुई शब्दको पोस्ट फेसबुकमा आगो लगाउन पर्याप्त साबित भएको छ ।

यसमा टिप्पणी गर्दै पत्रकार जीवन तिमिल्सिनाले ब्युटिफुल लेखेका छन् भने चलचित्र निर्माता तथा निर्देशक आकाश अधिकारिले लुकिङ गर्जियस भनेका छन् । यसैगरी गीतकार बाबुराम दाहाल, संगीतकार विपिन किरण तथा निर्माता-निर्देशक जनकदीप पराजुलीले सुपर र ब्युटिफुल लेखेका छन् । रितु शर्माले फ्याबुलस लेखेकी छन् ।

टिप्पणीका क्रममा गौरव तिवारीले गायिका इन्दिरालाई जिउ छोप्ने कपडा लगाउन सुझाव दिँदै यदि गरिब छौ भने डोनेसन उठाउँ सम्म भन्न भ्याएका छन् । अर्का कमेन्टेटर विष्णुहरि आचार्य लेख्छन्- डेट नाइटले मात्र चल्दैन, विवाह गर्नुस् गायिकाज्यू, हेर्न आतुर छन् जनता हजुरको डेटवाला मान्छे । विज्ञान घिमिरेको चाहिँ प्रश्न छ- भिनाजुलाई पनि सँगै मिडियामा कहिले ल्याउने हो दिदी ? यता दीपक चापागाईंले लेखेका छन्- दिदीको पनि अलि बढी हुन थालेछ । यसमै लोचन र स्टार भण्डारीको कमेन्ट पनि रमाइलो छ । लोचनको जिज्ञासा छ- लुगा पाखुराबाट फुत्क्यो भने के हुन्छ ? स्टार भण्डारीको चाहिँ प्रश्न छ- टालो कति धेरै बेरेको अल्लि सानो थिएन ? पहिरनमै अरु टिप्पणी पनि छन् जस्तो- बरु नांगै हिँड चेली, पछाडि त नांगै छ त ?, म पनि मेरी उनीलाई यस्तै किनिदिनुपर्‍यो कति पर्छ ? हजुरलाई रेडमा दामी देखिन्छ इन्दिराजी ।

डेटमा पनि थप टिप्पणी छन्- पुष्कर विष्ट भन्छन्, हैन बिहा कहिले गर्ने क्या ? अर्का फेसबुक युजर लेख्छन्- अब त बिहे गर्नु बहिनी । पैला छिटो भिनाजु चाहियो भनेका छन् हरि रिजालले । प्रिन्स ईश्वरको भनाइ छ- नेपाल आइडलबाट जागिर हिँडिहालेछ, अब यस्तै गर्दै बस दिदी ।

गायिका जोशीले लुकाए पनि नलुकाए पनि धेरैलाई उनको डेटको नाम, गाम, ठाम सबै थाहा छ । तैपनि तपाईं अझैसम्म अनभिज्ञ हुनहुन्छ भने थाहा पाई रहनुहोस् गायिका जोशी केही समययता गायक तथा अभिनेता कर्मा शाक्यलाई डेट गरिरहेकी छन् ।

No description available.
No description available.
No description available.

प्रतिक्रिया