बुधबार, वैशाख १०, २०८२

५० अंकले घट्याे नेप्से, साढे ९ अर्बको कारोबार

नेपालखोज २०७८ भदौ १७ गते १५:४४

काठमाडौं । अघिल्लो दिन झिनो अंकले बढेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहीबार भने पुनः घटेको छ । नेप्से आज ५० दशमलव १३ अंकले घटेर दुई हजार नौ सय २६ दशमलव ८९ अंकमा झरेको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव नौ अंकले घटेर पाँच सय ४१ दशमलव ७७ अंकमा झरेकोे छ । दुई सय ३० वटा कम्पनीहरुको एक लाख पाँच हजार सात सय ७५ पटकको कारोबारमा एक करोड ८१ लाख नौ हजार नौ सय ६७ कित्ता सेयर खरिद बिक्री भएको छ ।

जसबाट आज कुल कारोबार रकम नौ अर्ब ५० करोड ५९ लाख ७० हजार आठ सय २२ रुपैयाँ पुगेको छ । आज १३ वटा समूहको कारोबार भएकोमा १३ वटै समूहको सूचक घटेर नेप्से पुरै रातो भएको छ ।

सोमध्ये वाणिज्य बैंक समूहको सूचक १६ दशमलव ४३ अंकले घटेर एक हजार नौ सय ६४ दशमलव ११ अंकमा झरेकोमा निर्जीवन बिमा समूहको सूचक पनि दुई सय ३३ दशमलव ८४ अंकले घटेर १३ हजार चार सय ९७ दशमलव ९२ अंकमा झरेको छ ।

जीवन बिमा समूहको सूचक पनि तीन सय ४२ दशमलव दुई अंकले घटेर १६ हजार पाँच सय ४८ दशमलव ४७ अंकमा झरेकोमा विकास बैंक, जलविद्युुत फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहरुको सूचक पनि उच्च अंकले घटेका छन् ।

आज शुर्या लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर तीन सय ३९ रुपैयाँ १० पैसामा प्रतिकित्ता सेयर कारोबार हुँदा नारायणी डेभलपमेन्ट बैंकको प्रतिकित्ता सेयर मूल्य छ दशमलव ८७ प्रतिशतले घटेर एक हजार ६९ रुपैयाँमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज अरुण भ्याली हाइड्रो पावर कम्पनीको प्रतिकित्ता छ सय ९४ रुपैयाँ अन्तिम मूल्यमा ५७ करोड ४० लाख १२ हजार दुई सय ९१ रुपैयाँ ४० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कुल कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया