बिहीबार, वैशाख ११, २०८२

सानिमा बैंककाे तीज विशेष योजना

नेपालखोज २०७८ भदौ १७ गते १८:०६

काठमाडौं । हिन्दु महिलाहरुको विशेष पर्व तीजको अवसरमा सानिमा बैंकले ग्राहकहरुको लागि विशेष योजना सार्वजनिक गरेको छ । योजना अन्तर्गत नारी बचत खाता खोल्दा निःशुल्क डेबिट, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, मेरो सेयर, डिम्याट खाताका साथै लकर सुविधामा ७५ प्रतिशतसम्म छुट प्रदान गरिने बैंकले जानकारी दिएको छ ।

यसका साथै पहिलो पस कारोबारमा १० प्रतिशत वा पाँच सय रुपैयाँ सम्मको क्यासब्याक प्रदान गरिने छ । यसका अतिरिक्त पाँच सय रुपैयाँ बराबरको एनसेल सिमकार्ड उपलब्ध गराउनुका साथै अमेरिकी डलर ई कार्ड निःशुल्क जारी गरिने छ ।

बैंकका अनुसार यो योजना भाद्र ३१ गतेसम्म सानिमा नारी बचत खाता खोल्नु हुने महिला ग्राहकवर्गहरुका लागि उपलब्ध हुनेछ । बैंकले प्रत्येक नारी बचत खाताबापत बैंकको तर्फबाट मासिक एक रुपैयाँको दरले नारी सामाजिक कोषमा रकम जम्मा गरी सामाजिक कार्यमा खर्च गर्दै आएको छ ।

उक्त कोष अन्तर्गत हाल पाटन अस्पतालबाट निम्न आर्थिक अवस्था भएका महिलाहरुका उपचारका लागि आर्थिक सहयोग उपलब्ध गराइदै आएको छ । बैंकको देशका सातै प्रदेशमा १०४ वटा कार्यालय तथा ९६ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

प्रतिक्रिया