बुधबार, वैशाख १०, २०८२

मुक्तिनाथ डिबेन्चर नेप्सेमा सूचीकृत

नेपालखोज २०७८ भदौ १८ गते १३:२७

काठमाडौं । मुक्तिनाथ विकास बैंकको डिबेन्चर नेप्सेमा सूचीकृत भएको छ । बैंक र नेपाल स्टक एक्सचेन्ज (नेप्से) बीच भएको सम्झौताअनुसार ८.७५ प्रतिशत ब्याजदर भएको मुक्तिनाथ डिबेन्चर/ऋणपत्र २०८४/८५ को ऋणपत्र सूचीकरणका लागि सम्झौता भएको छ । मुक्तिनाथको १२ लाख ५० हजार कित्ता ऋणपत्रको सूचीकरण सम्झौता भएको हो ।

बैंकले सर्वसाधारणसमक्ष सानिमा क्यापिटल लिमिटेड (धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक कम्पनी) मार्फत उक्त ऋणपत्र सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो । सर्वसाधारणमा वितरण गरिएको ऋणपत्र वितरण भई नेप्सेमा सूचीकरण भएको हो ।

साथै, बैंकले डिजिटल कारोबार प्रोत्साहन गर्न विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभर रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएमबाट नि:शुल्क रकम झिक्न सकिने व्यवस्था मिलाएको छ । त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मालगायत सेवाहरु बैंकले सहज रुपमा लिन सकिने जनाएको छ ।

प्रतिक्रिया