बिहीबार, वैशाख ११, २०८२

कुमारी बैंकद्वारा नि:शुल्क एन्टिजेन टेस्ट क्याम्प

नेपालखोज २०७८ भदौ १९ गते १५:२८

काठमाडौं । कुमारी बैंक लिमिटेडले हाल द्रूत गतिमा बढ्दै गएको कोभिड-१९को संक्रमणसँग जुध्नका लागि ‘निःशुल्क एन्टिजेन टेस्ट् क्याम्प’ आयोजना गरेको जानकारी दिएको छ ।

सो क्याम्प काठमाडौंको टंगालस्थित कुमारी बैंकको कर्पोरेट कार्यालयमा, भदौ १८ गते शुक्रबार आयोजना गरेको जानकारी बैंकले दिएको छ ।

क्याम्पमा आफ्नो नाम तथा नम्बर दर्ता गराई एन्टिजेन टेस्ट गराउने व्यक्तिको कोरोना संक्रमण भए-नभएको रिपोर्ट १५ मिनेटमा नै दिएको जानकारी गराएको छ ।

आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना विरुद्धको लडाईमा बैंकले सहयोग गर्ने उद्देस्यले उपरोक्त कार्यकम आयोजना गरेको हो ।

आफ्नो डिजिटल सार्मथ्यलाई परिस्कृत गर्न कुमारी बैंकले आफ्ना देशव्यापी १९६ शाखा सञ्जाल, १६५ एटिएम, २८ शाखारहित बैंकिंग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिंग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरु सुदृढ पार्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया