बुधबार, वैशाख १०, २०८२

झन्डै १ सय ६२ अंकले नेप्से बढ्दा ९ अर्ब ८२ करोडको सेयर किनबेच

नेपालखोज २०७८ भदौ २१ गते १५:४८

काठमाडौं । नेप्से अघिल्लो दिन जसरी घटेको त्यसरी नै बढेको छ । अघिल्लो दिन एक सय आठ अंकले घटेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार भने एकै दिन एक सय ६१ दशमलव ९४ अंकले बढेर दुई हजार नौ सय ८० दसमलव ७८ अंकमा पुगेको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि ३१ दशमलव ४१ अंकले बढेर पाँच सय ५३ दशमलव ४० अंकमा पुगेको छ । नेप्सेमा आज दुई सय २४ वटा कम्पनीहरुको एक लाख नौ हजार एक सय ८२ पटकको कारोबारमा एक करोड ७९ लाख २२ हजार पाँच सय ८८ कित्ता सेयर खरिद बिक्री भएका छन् ।

उक्त परिमाणमा सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम नौ अर्ब ८२ करोड ६२ लाख २२ हजार आठ सय सात रुपैयाँ पुगेको छ । १३ वटा समूहको कारोबार भएकोमा १३ वटै समूहको सूचक बढेर नेप्से पुरै हरियो भएको छ ।

सोमध्ये वाणिज्य बैंक समूहको सूचक ७८ दशमलव दुई अंकले बढेर एक हजार नौ सय ९८ दशमलव ८० अंकमा चढेकोमा निर्जीवन बिमा समूहको सूचक पनि छ सय ४३ दशमलव ६३ अंकले बढेर १३ हजार छ सय २० दशमलव ४२ अंकमा चढेको छ ।

जिवन बिमा समूहको सूचक पनि आज आठ सय १७ दशमलव चार अंकले बढेर १६ हजार आठ सय ४८ दशमलव १५ अंकमा चढेकोमा विकास बैंक, जलविद्युत, फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादमुलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहरुको सूचक पनि उच्च अंकले बढेका छन् ।

आज नेशनल हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर चार सय ३२ रुपैयाँ ३० पैसामा कारोबार हुँदा नेपाल इन्भेष्टमेन्ट बैंकको ऋणपत्र २०८२ को प्रतियुनिट सेयर मूल्य एक दशमलव नौ प्रतिशतले घटेर एक हजार २० रुपैयाँ १० पैसामा प्रतियुनिट सेयर कारोबार भएको छ ।

यसैगरी आज अरुण भ्याली हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सात सय पाँच रुपैयाँ ६० पैसा अन्तिम मूल्यमा ४४ करोड ३० लाख ९१ हजार चार सय ५६ रुपैयाँ ६० पैसाको सेयर कारोबार भएको छ ।

यो आज भएका कम्पनीहरुको कुल कारोबार रकममध्ये सबैभन्दा बढी हो । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से आज बढ्नुको प्रमुख कारण अर्थमन्त्री जनार्धन शर्मा प्रभाकरले पुँजी बजारमा देखिएको समस्या तत्कालन समाधान गर्न निर्देशन दिएको र गर्भनर महाप्रसाद अधिकारीले पनि अर्थमन्त्रीको उक्त आदेशलाई अक्षरस पालना गर्ने जनाएका कारण हाे । अर्थमन्त्रीको सोही निर्देशनको प्रभाव आज सेयर बजारमा देखिएको छ ।

प्रतिक्रिया