वृक्षरोपण (फोटो फिचर)
नेपालखोज
२०७८ भदौ २१ गते १८:११

निजामती सेवा दिवसको सन्दर्भ पारेर आज सूचना तथा प्रशारण विभाग परिसमा वृक्षरोपण गरिएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले रुद्राक्षको विरुवा रोपेर वृक्षरोपण कार्यको शुभारम्भ गर्नुभयो । सो अवसरमा विभाग परिसरमा ३० वटा विरुवा रोपिएको थियो ।
‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ आदर्श वाक्यका साथ मङ्गलबार देशभरिका निजामती कर्मचारीले निजामती सेवा दिवस मनाउँदै छन् । विसं २०१३ भदौ २२ गते पहिलो निजामती सेवा ऐन जारी गरिएका दिनको सम्झनामा २०६१ सालदेखि दिवस मनाउन थालिएको हो ।




सम्बन्धित
प्रतिक्रिया