नेपाली बजारमा कम बिजुली खपत गर्ने सामसुङका एसी

काठमाडौं । नेपालको विश्वासिलो कन्ज्युमर इलेक्ट्रोनिक्स व्राण्ड सामसुङले हालै आफ्नो २०२१ रेन्ज अन्तर्गत कन्भर्टिबल ५ इन १ एयर कन्डिस्नर प्रस्तुत गरेको छ ।
कन्भर्टिबल ५ इन १ मा इन्भर्टर ए सिको साथ यान्टी डस्ट तथा ब्याक्टेरियल प्रोटेक्टरको साथ डिजिटल इन्भर्टर प्रविधिको प्रयोग गरिएको छ ।
नयाँ रेन्जको एयर कन्डिस्नरले स्वच्छ हावा, कम विजुली खपत, सहज एवम्ं कस्टमाइज कुलिङ्गतथा हिटिङ्ग जस्ता मोडहरुले सम्पूर्ण परिवारका आवश्यकताहरुलाई सहजै परिपूर्ति गर्ने छन् ।
नयाँ रेन्जको यो एसीमा सामसुङले डिजिटल इन्भर्टर कम्प्रेसरमा १० वर्ष तथा कपर कन्डेन्सर एवम् पि सि बिमा १ वर्षको डुराबिलिटिको प्रतिबद्धता प्रदान गरेको छ । सबै मोडेलहरु आर ३२ ग्यास तथा ग्यारेन्टी कोरोसनकपर कन्डेन्सर भएका छन् ।
कन्भर्टिबल ५ इन १, इन्भर्टर एसिमाइजि फिल्टर प्लस बाहिरमाथि पट्टी राखिएको छ, जसले गर्दा सहजै फिल्टर झिकेर सफा गर्न सकिने कन्ज्युमर इलेक्ट्रोनिक्स बिजिनेस, सामसङ नेपालका डिजिएम आलोक कुमार गुप्ताले बताए । यसमा भएको ४ वे कुलिङ्ग टेक्नोलोजीले कोठाका हरेक कुनासम्म उत्तिकै चिसो बनाउन सक्छ ।
यसमा भएका पाँच विभिन्न मोडलहरुले ४० प्रतिशतदेखि १२०० प्रतिशतसम्ममा कोठाको वातावरण अनुकूल कस्टमाइज्ड अपरेशन गर्न सकिने छ । यसमा भएका पार्टी मोड (१२० प्रतिशत), नोर्मल मोड (१०० प्रतिशत ), प्लेजान्ट मोड (८० प्रतिशत), इको मोड (६० प्रतिशत), होम अलोन मोड (४० प्रतिशत )जस्ता विकल्पहरुले विना झन्झट कोठा अनुकुल कम्फर्टेबल बातावरण बनाउन सक्दछ र कम बिजुली खपत गर्दछ ।
यसको डिजाइनले ग्राहकको लाइफस्टाइलसँग मेल खाने गरी सफा एवम् प्रिमियम लुक्स प्रदान गर्ने छ । यसमा अझै ठूलो फ्यान तथा वाइड ब्लेडको प्रयोग गरिएको छ, जसले गर्दा अझै चाडै कुलिङ्ग हुन सक्छ । यसको स्लीम डिजाइन एवं ठूलो डिस्प्लेले आजको आधुनिक घरमा थप सौन्दर्यता प्रदान गर्दछ । यसमा भएका अन्य विशेषताहरुमा स्मार्ट इन्स्टलेसन हो, सेल्फ डाइग्नोसिस फिचर, ट्रिपल प्रोटेक्टर प्लस, तथा भोल्टेज फ्लकटुएसन प्रोटेक्टर जस्ता सुविधाहरु पनि विद्यमान रहेका छन् ।
सामसङका एसीहरु १ टन तथा २ टन गरी दुई किसिमका रहेका छन् । यी नयाँ एसिहरुको सुरुवाती मूल्य ८९ हजार नौ सय ९० रुपैयाँ देखि रहेको छ । यी एसिहरु हिम इलेक्ट्रोनिक्स तथा त्रिवेणी व्यापारको आधिकारिक व्यापारिक वितरक नेटवर्क मार्फत् सहजै खरिद गर्न सकिन्छ । सामसङले यी एसिहरुको खरिदमा विभिन्न आकर्षक योजनाहरु जस्तै सहज किस्तावन्दीको विकल्पमा नेपाल अधिराज्यभर रहेका सामसुङ स्मार्ट प्लाजाहरुबाट यी एसिहरु खरिद गर्न सकिने छ । एवम् निःशुल्क जडानको सेवा पनि नेपाल अधिराज्यभर प्रदान गरेको छ ।
प्रतिक्रिया