बुधबार, वैशाख १०, २०८२

नेप्से शून्य दशमलव ५५ अंकले बढ्याे, ९ अर्ब २९ करोडको काराेबार

नेपालखोज २०७८ भदौ २८ गते १६:०४

काठमाडौं । नेप्सेमा झिनो अंकले सुधार आएको छ । अघिल्लो दिन ७१ अंकले बढेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार भने नेप्से शून्य दशमलव २७ अंकले बढेर दुई हजार नौ सय ४७ दशमलव ६९ अंकमा पुगेको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ५५ अंकले बढेर पाँच सय ४८ दशमलव ८६ अंकमा पुगेको छ । दुई सय २६ वटा कम्पनीहरुको ९३ हजार दुई सय १८ पटकको कारोबारमा एक करोड ५६ लाख ८१ हजार एक सय ८४ कित्ता सेयर किनबेच भएकोमा कुल कारोबार रकम नौ अर्ब २९ करोड पाँच लाख ५४ हजार एक सय ५५ रुपैयाँ पुगेको छ ।

आज १३ वटा समूहको कारोबार भएकोमा छवटा समूहको सूचक बढेर सातवटा समूहको सूचक घटेका छन् । तीमध्ये वाणिज्य बैंक समूहको सूचक १६ दशमलव ८१ अंकले बढेर एक हजार नौ सय ७३ दशमलव १८ अंकमा चढेकोमा निर्जीवन बिमा समूहको सूचक पनि एक सय ९८ दशमलव ८६ अंकले बढेर १३ हजार छ सय १९ दशमलव ६२ अंकमा चढेको छ ।

जीवन बिमा समूहको सूचक पनि ८५ दशमलव ८४ अंंकले बढेर १६ हजार पाँच सय ६५ दशमलव पाँच अंकमा चढेकोमा विकास बैंक, ट्रेडिङ, होटेल तथा पर्यटन र फाइनान्स समूहहरुको सूचक पनि बढेका छन् ।

जलविद्युुत समूहको सूचक भने आज ९० दशमलव ५६ अंकले घटेर तीन हजार चार सय ८० दशमलव ९३ अंकमा झरेकोमा लघुवित्त, उत्पादनमूलक, अन्य, सामूहिक लगानी कोष र लगानी समूहहरुको सूचक पनि घटेका छन् ।

आज अजोड इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर आठ सय ५९ रुपैयाँ १० पैसामा प्रतिकित्ता सेयर कारोबार हुँदा कालिका पावर लिमिटेडको प्रतिकित्ता सेयर मूल्य छ दशमलव ४७ प्रतिशतले घटेर छ सय ९४ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ यसैगरी आज अरुण भ्याली हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सात सय चार रुपैयाँ ९० पैसा अन्तिम मूल्यमा ६१ करोड ९३ लाख ५० हजार सात सय ९३ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोवार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया