बिहीबार, वैशाख ११, २०८२

पोखरा फाइनान्सको नयाँ शाखा नेपालगन्ज र कोहलपुरमा

नेपालखोज २०७८ असोज ४ गते १३:०९


काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले दुई नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । पोखराको न्यूरोडमा यसको प्रधान कार्यालय रहेको छ ।

फाइनान्सले लुम्बिनी प्रदेशको बाँके, नेपालगञ्ज उ.म.न.पा. वडा नं. १ धम्बोजी, सुर्खेत रोडमा र बाँके जिल्ला, कोहलपुर न.पा. वडा नं. ११ कोहलपुर चोकमा आफ्नो २३ औं र २४ औं शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो ।

राष्ट्रियस्तरको संस्थाले शाखा सञ्जाल एवं ग्राहक सेवा विस्तारको लागि विभिन्न जिल्लाहरुमा शाखा खोलिने उद्देश्यअनुरुप नेपालगञ्ज र कोहलपुरमा नयाँ शाखाहरु खोलिएको फाइनान्सले जनाएको छ ।

यस शाखाहरु मार्फत संस्थाले निक्षेप संकलन, कर्जा लगानी, डिम्याट, मोवाइल बैकिङ, सिआस्वा, आइपिएस, चेक क्लियरिङ रेमिटेन्स लगायत अन्य आधुनिक बैकिङ सेवाहरु प्रवाह गरिने वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले बताए ।

चुक्ता पुँजी ९६.३१ करोड रहेको संस्थाको हालसम्मको निक्षेप ९ अर्व ३४ करोड तथा कर्जा लगानी ७ अर्व ४६ करोड रहेको छ ।

प्रतिक्रिया