सानिमा बैंक अब ललितपुरको ढोलाहिटीमा पनि

काठमाडौं । सानिमा बैंक लिमिटेडले असोज चार गते सोमबार (हिजो) ललितपुरको ढोलाहिटीमा बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ ।
उक्त कार्यालयको समुद्घाटन कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै सुरक्षा सावधानीका उपायहरु अपनाई व्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंशआचार्य (मह जोडी) ले संयुक्त रुपमा गरेका हुन् ।
समुद्घाटन समारोहमा मह जोडीले ललितपुरको ढोलाहिटीमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दे सबल अनिविश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।
त्यसैगरी सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेद्वारा बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १०५ कार्यालय र ९६ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।
प्रतिक्रिया