सिद्धार्थनगर हस्पिटलमा प्रभु इन्स्योरेन्सको नगदरहित कारोबार
नेपालखोज
२०७८ असोज ५ गते १२:१८

काठमाडाै । प्रभु इन्स्योरेन्स र सिद्धार्थनगर हस्पिटलबीच नगदरहित कारोबार गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । प्रभु इन्स्योरेन्स कम्पनीका सीईओ सञ्चित बज्राचार्य र सिद्धार्थनगर सिटी हस्पिटलका प्रबन्धक निर्देशक अर्जुन पौडेलले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
कम्पनी र हस्पिटलबीचको सम्झौताप्श्चात् प्रभु इन्स्योरेन्समार्फत स्वास्थ्य बीमा गराउने ग्राहकले सिद्धार्थनगर हस्पिटलमा नगदरहित उपचार सुविधा पाउने कम्पनीले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया