बिहीबार, वैशाख ११, २०८२

२ अर्ब ४८ करोडले विकास बैंकको निक्षेप बढ्यो

नेपालखोज २०७८ असोज ६ गते १२:४५



काठमाडौं । राष्ट्रियस्तरका विकास बैंकहरुको कुल निक्षेप सातामा दुई अर्ब ४८ करोड १० लाख आठ हजार रुपैयाँले बढेको छ ।

विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर एशोसिएसनका अनुसार गत साता राष्ट्रियस्तरका विकास बैकहरुको कुुल निक्षेप चार खर्ब १७ अर्ब ३६ करोड १४ लाख ४० हजार रुपैयाँ रहेकोमा यो साता यस्तो निक्षेप बढेर चार खर्ब १९ अर्ब ८४ करोड २५ लाख १० हजार रुपैयाँ पुगेको हो ।

एशोसिएनसका अनुसार यो बृद्धि गत साताको भन्दा शुन्य दशमलव ५९ प्रतिशतले बढी हो । गत साताको तुलनामा राष्ट्रियस्तरका बिकास बैंकहरुले प्रवाह गरेको कुल कर्जा रकम भने यो साता पाँच अर्ब ३९ करोड १४ लाख ९० हजार रुपैयाँले बढेको छ ।

गत साता विकास बैकहरुको कुल कर्जा तीन खर्ब ६८ अर्ब ८० करोड ५० लाख छ हजार रुपैयाँ रहेकोमा यो साता यस्तो कर्जा १ दशमलव ४६ प्रतिशतले बढेर तीन खर्ब ७४ अर्ब २९ करोड ६५ लाख ५० हजार रुपैयाँ पुगेको हो ।

एशोसिएसनका अनुसार क्षेत्रियस्तरका विकास बैंकहरुको कुल निक्षेप भने गत साताको तुलनामा यो साता आठ लाख ४० हजार रुपैयाँले घटेको छ ।

गत साता क्षेत्रियस्तरका विकास बैंकहरुको कुल निक्षेप ३१ अर्ब ९७ करोड ७७ लाख ९० हजार रुपैयाँ रहेकोमा यो साता यस्तो निक्षेप घटेर ३१ अर्ब ९७ करोड ६९ लाख ५० हजार रुपैयाँमा सिमित हुन पुगेको छ ।

यो निक्षेप भनेको गत साताको कम हो । क्षेत्रियस्तरको विकास बैंकहरुको कर्जा रकम भने बढेको छ । गत साता क्षेत्रियस्तरका विकास बैंकहरुले २८ अर्ब आठ करोड आठ लाख रुपैयाँ कर्जा प्रवाह गरेकोमा यो साता यस्तो कर्जा शुन्य दशमलव ४५ प्रतिशत अर्थात १२ करोड ६६ लाख रुपैयाँले बढेर २८ अर्ब २० करोड ७४ लाख रुपैयाँ पुगेको छ ।

एशोसिएसनका अनुसार यही भदौ २६ गते देखि यही असोज एक गतेसम्ममा विकास बैंकहरुको निक्षेप तथा कर्जामा यो उतारचढाव देखिएको हो ।

प्रतिक्रिया