बिहीबार, वैशाख ११, २०८२

उद्योग परिसंघ र चार्टर्ड एकाउन्टेन्टस संघबिच सम्झौता

नेपालखोज २०७८ असोज १३ गते १९:५३

काठमाडौं । आपसी सहकार्य विस्तारका लागि नेपालउद्योग परिसंघ र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपाल उद्योग परिसंघको कार्यालय थापाथलीमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल र संघका अध्यक्ष आनन्दराज शर्मा वाग्लेले हस्ताक्षर गरेका छन् ।

समझदारीअनुसार दुवै संस्थाले एक आपसमा सहयोग अभिवृद्धि गर्नेछन् । यसैगरी दुवै निकायले औद्योगिक विकासका लागि स्थिर आर्थिक नीति तर्जुमाका लागि सरोकारवाला निकायसँग आपसी सहकार्यमा कार्य गर्नेछन् । दुवै संस्था मिलेर आफ्ना सदस्यहरुको क्षमता अभिवृद्धिका लागि पनि काम गर्ने समझदारीपत्रमा उल्लेख छ । साना तथा मझौला उद्योगका लागि आवश्यक तालिम कार्यक्रम सञ्चालन गर्न पनि दुवै निकाय सहमत भएका छन् ।

समझदारी अनुसार परिसंघका विभिन्न समितिमा संघको तर्फबाट पदेन सदस्यकोरुपमा प्रतिनिधित्व रहनेछ । यसैगरी दुवै संस्थाका प्रदेश एवं जिल्ला तहमा समेत समन्वय र सहकार्यमा विभिन्न कार्यक्रम आयोजना गर्नेसमेत समझदारीपत्रमा उल्लेख छ ।

समझदारीपत्र हस्ताक्षर कार्यक्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले परिसंघले आफ्ना कार्यक्रम विस्तारका क्रममा विभिन्न निकायसँग समझदारी गरेर अघि बढिरहेको बताए ।

यस सझदारीले दुई निकायबिच आपसी सम्बन्ध विस्तार भइ एक अर्काका सदस्यहरुले लाभलिन सक्ने अध्यक्ष अग्रवालले उल्लेख गरे । यसैगरी संघका अध्यक्ष आनन्द राजशर्मा वाग्लेले अर्थतन्त्र विस्तारका लागि नीतिगत स्थिरता आवश्यक पर्ने बताउँदै त्यसका लागि दुवै निकायले मिलेर अघि बढ्न सकिने बताए ।

प्रतिक्रिया