न्यादी हाइड्रोपावरकाे आईपीओ भर्नुभयाे ?
नेपालखोज
२०७८ असोज १५ गते १२:३६

काठमाडाैं । न्यादी हाइड्रोपावर लिमिटेडले आजदेखि साधारण सेयर बिक्री खुला भएकाे छ । कम्पनीले प्रतिकित्ता १ सय अङ्कित मूल्यमा २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुल्ला गरेकाे हाे ।
कम्पनीले निष्कासन गर्ने साधारण सेयरमध्ये पाँच प्रतिशत अर्थात् एक लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड गरेको र दुई प्रतिशत अर्थात् ४५ हजार कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरिएको छ । बाँकी रहने २० लाख ९२ हजार ५०० कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आजदेखि आवेदन दिन सक्नेछन् ।
निष्कासन गरेका सेयरमा सर्वसाधारणले यही असोज १९ गतेसम्म न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । यो अवधिसम्म माग गरिएबमोजिम आवेदन नआए असोज ३१ सम्म निष्कासन खुला हुनेछ ।
सम्बन्धित
प्रतिक्रिया