महाभारतको महत्त्वपूर्ण तर अभागी पात्र कर्ण

आज कर्णको काल्पनिक चित्र कतै भेटे । कर्णको चित्र बिरलै भेटिन्छ । महाभारतका पात्रहरुमा श्री कृष्ण र अर्जुनको काल्पनिक चित्र बजारमा किन्न पाइन्छ र जताततै देखिन्छ तर कर्णको मुश्किलले पाइएला । मलाइ कर्णको चित्र देखेर उहाँको बारेमा केही लेख्न मन लाग्यो । त्यसैले कर्णको बारेमा आफूलाई जानकारी भएको केही कुरा छोटकरीमा लेखेर “टाइम पास” गर्न खोजेको मात्र हुँ ।
कर्ण महाभारतको एउटा महत्वपूर्ण पात्र हुन् । उनी अर्जुन भन्दा बढी योद्धा, वीर, ज्ञानी, दानी , धनुर्धारी र ह्यान्डसम थिए । भनिन्छ – दुर्योधनले उनकै भरमा महाभारतको युद्ध जित्ने सोच राखेर पाण्डवसँग युद्ध लडेका थिए । तर विचरा कर्णलाई भाग्यले कहिले साथ दिएन । उनी जन्मे देखि नै अभागी हुन् । यस्तो अतिरथी बीर बुद्धिमान र महायोद्धा भएर पनि जीवनभरि नै उनलाई प्रतिकुल परिस्थितिहरुले गाँजी नै रह्यो।
उनी सूर्य र कुन्तीका पुत्र थिए । कुमारी अवस्थामा सूर्यसँग कुन्तिको यौन सम्बन्ध रह्यो र उनको जन्म भएको थियो। जन्मदै उनी कवच , कुण्डल सहित दिव्य र सुन्दर थिए ।
कुन्तीको विवाह पूर्व कुमारी अवस्थामा जन्मेका हुँदा लाज र बेइज्जतीको डरले कुन्तीले कसैलाई थाहा नदिइ उनलाई जन्म दिएर नदीमा बगाइ दिएकी थिइन् र सन्तान न भएका अत्यन्तै एउटा गरिब माझि र मझिनी दम्पतिले भेटेर उनलाई पालेका थिए ।
भगवान सूर्य र महारानी कुन्तीबाट क्षेत्रिय कुलमा जन्म लिएर पनि उनी सधै सुतपुत्र भएर कैयौं पटक जातपातका कुरा उठ्दा उनले अपमान र बेइज्जतीहरु सहेर बस्नु परेको थियो। युद्धमा उनले पढेको शस्त्र-अस्त्र विद्याले पनि साथ दिएन । श्रापको कारणले उनले युद्धमा सबै युद्धका विद्याहरु बिर्सिएका थिए र मारिए । त्यसैले उनलाई भाग्यले साथ न दिएको हो भनिएको हो।
अर्को कुरा उनी द्रोपतिलाई मन पराउँथे र द्रोपती सोयम्वरको बेला द्रोपतीसँग विवाह गर्न भनेर प्रतियोगितामा भाग लिन गएका थिए । सुतपुत्र भएको कारणले उनलाई सोयम्वरमा भाग लिन दिइएन र उनले आफ्नो धनुको कौशल देखाउन पाएनन र द्रोपतीसँग विवाह गर्न बाट बन्चित भए । अर्जुन भन्दा पहिले नै उनले प्रतिस्पर्धामा माछाको आँखामा तीर लगाउने पालो आएको थियो तर विचराले पाएनन् । यो उनको अर्को भाग्यले साथ न दिएको अवस्था हो।
प्रतिक्रिया