आज सेयर बजार ४१ अंकले बढ्यो, जम्मा दुई अर्ब ९९ करोडको कारोबार

काठमाडौं । आज सेयर बजार आज बढेको छ । सेयर बजार परिसूचक नेप्से आज ४१ दशमलव ८४ अंकले बढेर दुई हजार ६ सय १२ दशमलव ६५ विन्दुमा पुगेको छ ।
आज व्यापारबाहेक सबै समूहको सेयर बढेको छ । बैंकिङ समूहको सेयर १८ अंकले, विकास बैंक समूहको एक सय ४० अंकले, जलविद्युतको ६० अंकले, फाइनान्सको ८७ अंकले र माइक्रोफाइनान्स समूहको सेयर एक सय ३६ अंकले बढेको छ ।
त्यस्तै होटलको ३६, जीवन बीमा समूहको तीन सय सात, निर्जीवन बीमा समूहको दुई सय ६५, उत्पादन समूहको एक सय सात र अन्य समूहको सेयर ११ अंकले बढेको छ । सेयर बजार बढे पनि कारोबार रकम भने घटेको छ ।
हिजो तीन अर्ब ६२ करोड रुपैयाँको कारोबार भएकोमा आज जम्मा दुई अर्ब ९९ करोड ९६ लाख रुपैयाँको सेयर किनबेच भएको छ । आज दुई सय २३ कम्पनीका ४१ हजार कारोबारबाट ५८ लाख ४२ हजार कित्ता सेयर कारोबार भएको छ ।
सबैभन्दा धेरै शिखर इन्स्योरेन्सको १३ करोड ६६ लाख रुपैयाँको सेयर कारोबार भयो । आज मल्टिपर्पोज फाइनान्स, हिमालयन पावर पार्टनर र समता घरेलु लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ ।
प्रतिक्रिया