ओलीको रचनामा दसैँ, तिहारको म्युजिक भिडियो

काठमाडौं । घनश्याम ओलीको रचनामा भर्खरै दसैँ, तिहार गीतको म्युजिक भिडियो बजारमा आएको छ । एसपी म्युजिकको प्रस्तुति रहेको गीत ‘दसैं तिहार आयो’ सुनीता दुलाल सन्जेल युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।
दीपक शर्माको संगीत रहेको गीतको भिडियोमा चर्चित गायक प्रताप दास र सुनीता दुलाल सन्जेलले स्वर भरेका छन् । राजेन्द्र बजगाईंको एरेन्ज र किशोर थापाको मिक्सिङ रहेको गीतलाई ए–वान म्युजिसियन स्टुडियोमा राजेश श्रेष्ठले रेकर्ड गराएका हुन् ।
स्मृति तिमिल्सिना (गुरुआमा) को निर्देशन तथा कोरियोग्राफी रहेको यस भिडियोको छायाँकन सुरेश श्रेष्ठले गरेका हुन् । भिडियोमा महेन्द्र गौतम र सुनीता दुलाल सन्जेलको प्रमुख अभिनय रहेको छ । भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेको हुन् ।
यस गीतमा गीतकार ओलीले आफ्ना परम्परा, मूल्य, मान्यताका अहम भावहरुलाई उच्चतम महत्व दिएर आधुनिकताको सुनौलो आयाममा गीतका अभिव्यन्जनाहरुलाई अलि पृथक रुपमा पस्केका छन् ।
आज डिजिटल दुनियाँ र नयाँ पुस्तालाई दसैँ, तिहारको महत्व दर्शाउन यी पर्वहरुको ऐतिहासिकता बुझाउँदै कृषिप्रधान देश र दसैँ महिमा गाएको यो गीतले तिहारमा देउसी भैलो, दिदी, भाइप्रतिको आपसी सम्मान, माया र प्रेमको कुरालाई पनि सुन्दर रुपमा उजागर गरेको छ ।
त्रिभुवन विश्वविद्यालयबाट नेपाली साहित्यमा स्नातकोत्तर उत्तीर्ण ओली साहित्यमा गहिरो दिलचस्पी राख्ने एक कुशल सर्जक हुन् । ओलीले यसअघि तीजको गीत निकालेर सांगीतिक बजारमा तहल्का मच्चाइसकेका छन् ।
उनको तीजको गीत नेपाली सांगेतीक बजारमा चर्चित गीतको रुपमा स्थापित भैसकेको छ । ओलीले गीतमा शब्दहरुको उठान गर्ने सिलसिलामा बाबुआमा, छोराछोरीको एक आपसमा प्रकट हुने प्रेमका लालित्य अत्यन्तै सुन्दर र मर्मस्पर्शी रुपमा प्रकट गरेका छन् ।
प्रतिक्रिया