विद्यार्थीसँग महालक्ष्मी लाइफको जागरण अभियान

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले आश्विनको पहिलो हप्ताबाट प्रारम्भ गरेको ‘युवासँग–महालक्ष्मी लाइफ’ बिमा जागरण राष्ट्रिय अभियान छोटो अवधिमा व्यापक हुँदै गइरहेको छ ।
यसै सिलसिलामा म्याग्दीको बेनी र बागलुङबजारमा पनि बीमा जागरण राष्ट्रिय अभियान अन्तर्गत “युवा संग–महालक्ष्मी लाइफ” कार्यक्रम सम्पन्न भएको छ । आज (बुधबार) बिहान बेनी सामुदायिक माध्यमिक विद्यालयमा संचालन भएको कार्यक्रममा १०५ जना विद्यार्थीहरु सहभागी भएका छन् ।
प्रधानाध्यापक काशिराम रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य एजेन्सी म्यानेजर दिलमाया विटालुले राखेका थिए ।
सावित्रा खत्रीले संचालन गरेको कार्यक्रममा कम्पनीका सहायक महाप्रबन्धक प्रशान्तराज धमला र क्षेत्रिय प्रमुख जमुना आचार्यले युवा विद्यार्थीहरुलाई बीमा सम्बन्धी प्रशिक्षण दिएका छन् ।
यसै क्रममा हिजो आश्विन १९ गते धौलागिरी बहुमुमी क्याम्पस बागलुङमा पनि “युवासँग–महालक्ष्मी लाइफ” बीमा जागरण कार्यक्रम सम्पन्न भएको छ । २५ जना सहभागी भएको कार्यक्रमको अध्यक्षता क्याम्पस प्रमुख राम प्रसाद उपाध्यायले गरेका थिए ।
कम्पनीको बागलुङ कार्यालय प्रमुख विश्वनाथ आचार्यले संचालन गरेको कार्यक्रममा प्रशान्तराज धमला र जमुना आचार्यले बीमा सम्बन्धी प्रशिक्षण दिएका थिए ।
प्रतिक्रिया