के निर्णय भयो बीओके क्यापिटलको छैटौं वार्षिक साधारणसभामा ?

काठमाडौं । बि.ओ.के क्यापिटल मार्केट लिमिटेडको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको बुुधबार संचालक समितिका अध्यक्ष महेश मिश्रको अध्यक्षतामा बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
सभाले आव २०७७–०७८ को वित्तिय विवरणहरु पारित गर्नुका साथै आव २०७७–०७८ सम्मको संचित मुनाफाबाट चुक्ता पूंजी २१ करोडको १८ प्रतिशतका दरले हुने रकम तीन करोड ७८ लाख नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साथै सभाले विशेष प्रस्ताव अन्तर्गत क्यापिटल मार्केटको रजिष्ट्रर्ड कार्यालय काठमाडौं महानगरपालिका वडा नं. १ नक्सालमा रहने प्रस्ताव पारित गरेको हो ।
सभामा संचालक समितिका अध्यक्ष मिश्रले क्यापिटल मार्केटको उद्देश्य प्राप्तीका लागि सहयोग पुर्याउने सेयरधनीहरु, ग्राहक तथा नेपाल सरकारको सम्बन्धीत निकायलगायत नेपाल धितोपत्र बोर्ड कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेन्ज लिमिटेड तथा सिडियस एण्ड क्लियरिङ्ग लिमिटेडप्रति सञ्चालक समितिको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गरे ।
बैंक अफ काठमाण्डू लिमिटेडको सहायक कम्पनी बि.ओ.के क्यापिटल मार्केट लिमिटेडले ग्राहकहरुलाई उत्कृष्ट सेवाहरु दिंदै आईरहेको छ र भविष्यमा प्रविधिहरुको उच्चतम् प्रयोग गरी ग्राहकमैत्री सेवाहरु प्रदान गर्दै जाने विश्वास यस क्यापिटल मार्केटले लिएको छ ।
प्रतिक्रिया