मुक्तिनाथ कृषि कम्पनीको आईपीओ आउँदै

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले समग्र कृषि अर्थतन्त्रमा टेवा पुर्याउन कृषिमुल्य श्रृङखलाको अवयवहरुमा काम गर्दे आइरहेको छ ।
मुक्तिनाथ कृषि कम्पनीको सर्वसाधारणको लागि छुट्याइएको धितोपत्र निष्काशनको लागि आज बिहिबार अर्थात असोज २१ गते मुक्तिनाथ कृषि कम्पनी लि. कार्यकारी अध्यक्ष भरतराज ढकाल र मेगा क्यापिटल मार्केट्स लि.का प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठले एक समारोहकाबीच धितोपत्र निष्काशन व्यवस्थापनको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
कार्यक्रमा मुक्तिनाथ कृषि कम्पनीका संचालक तुलसिराम ढकाल, सिताराम काफ्ले र विजय गुरुङ, प्रमुख कार्यकारी अधिकृत सलिलकुमार श्रीवास्तव, कम्पनी सचिव रामशरण तिमल्सिना, मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशि, मुक्तिनाथ बैंकका क्षेत्रीय प्रमुख बाबुराम ढकाल र मेगा क्यापिटल लि. का प्रमुख लगानी अधिकृत सुलभ श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
कृषि क्षेत्रमा काम गर्ने अभिप्रायले नीजि क्षेत्रको लगानीमा स्थापना भएका कम्पनीहरु मध्ये सर्वसाधारणको लागि यो धितोपत्र निष्काशन पहिलो हुनेछ ।
यो सुरुवातसँगै संस्थागतरुपमा विकास हुन नसकेको कृषि क्षेत्रलाई थप परिस्कृत र लगानीको केन्द्र बनाई संस्थागत विकास र अन्य नयाँ पब्लिक कम्पनीको आगमनको लागि कोशेढुङगा सावित हुने मुक्तिनाथ कृषि कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकालले बताए ।
उल्लेखित सम्झौता अनुसार यहिवर्षको चैत्र मसान्तभित्र निष्काशनको सवै प्रकृया पुरा गरी जारी गर्ने लक्ष्य लिएको छ । यस अन्र्तगत सर्वसाधारणको लागि ४ करोड बराबरको ४ लाख कित्ता धितोपत्र निष्काशन हुनेछ । आवश्यकता अनुसार मुक्तिनाथ कृषि कम्पनीले जारी पुँजि बढाएर धेरै भन्दा धेरै सर्वसाधारणलाई जोड्ने लक्ष्य लिएको छ ।
प्रतिक्रिया