नेप्से २,८८१ अंकमा सीमित, सातामा १५ अर्ब २३ करोडको मात्रै कारोबार

काठमाडौं । नेप्सेको नियमित कारोबारमा चाडपर्वको प्रभाव देखिएको छ । नेप्सेको नियमित कारोबार कक्ष यो साता चार कार्य दिन मात्र खुलेको थियो ।
सोमध्ये दुई कार्य दिन नेप्से बढेर दुई कार्य दिन घटेको भएपनि कारोबार रकम भने गत साताको तुलनामा झन्डै ११ अर्ब रुपैयाँले कमी आएको छ ।
दसैँ मनाउनको लागि धेरै लगानीकर्ता आफ्नो थाँतथलो गएको र उनीहरुले सेयर किनबेच गर्नेभन्दा पनि चाडपर्व मनाउन कै लागि रकम खर्च गर्ने क्रम बढका कारण पनि सेयर कारोबार रकम यो साता घटेको हो ।
सोही अनुरुप यो साता नेप्से दुई हजार छ सय ८१ दशमलव १० अंकमा सीमित हुन पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पाँच सय चार दशमलव ७३ अंकमा सीमित हुन पुगेको छ ।
कुल दुई सय ३२ वटा कम्पनीहरुको एक लाख ९७ हजार ६३ पटकको कारोबारमा यो साता तीन करोड छ लाख ३४ हजार एक सय ८२ कित्ता सेयर किनबेच भएकोमा कुल कारोबार रकम १५ अर्ब २३ करोड ९० लाख ९२ हजार छ सय छ रुपैयाँ पुगेको छ ।
गत साता भने दुई सय ३३ वटा कम्पनीहरुको तीन लाख ३० हजार चार सय पाँच पटकको कारोबारमा पाँच करोड ५२ लाख २२ हजार छ सय ४८ कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम २६ अर्ब १० करोड ४२ लाख ६३ हजार छ सय ५४ रुपैयाँ पुगेको थियो ।
नेप्से यो साता चार कार्य दिन मात्र खुलेकोमा पहिलो र दोस्रो दिन घटेको थियो भने तेस्रो र चौथो दिन बढेको थियो । सो अनुरुप पहिलो दिन ५५ दशमलव ९३ अंकले घटेर दुुई हजार पाँच सय ७७ दशमलव ४९ अंकमा सीमित हुन पुगेको नेप्से अन्तिम कारोबार दिन अर्थात चौथो दिन ६८ दशमलव ४७ अंकले बढेर दुई हजार छ सय ८१ दशमलव १० अंकमा पुग्न सफल भएको छ ।
यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पहिलो दिन ११ दशमलव सात अंंकले घटेर चार सय ८५ दशमलव ९८ अंकमा पुगेकोमा चौथो कारोबार दिन १२ दशमलव ७२ अंकले बढेर पाँच सय चार दशमलव ७३ अंकमा सीमित हुन पुगेको छ ।
बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा यो साता नबिल बैंक, अरुण कावेली पावर लिमिटेड आदि परेका छन् भने कारोबार भएको सेयर संख्याको आधारमा नेशनल हाइड्रो पावर कम्पनी, अरुण कावेली पावर लिमिटेड आदि अगाडि परेका छन् । बजार पुँजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी आदि अगाडि परेका छन् ।
प्रतिक्रिया