मंगलबार, वैशाख ९, २०८२

राष्ट्रिय व्यवस्थापन सम्मेलन शुक्रबार हुँदै

नेपालखोज २०७६ माघ २१ गते १६:५६

काठमाडौँ । नेपाल व्यवस्थापन सङ्घले आगामी शुक्रबार राजधानीमा राष्ट्रिय व्यवस्थापन सम्मेलन आयोजना गर्ने भएको छ । सङ्घले मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर सोही दिन ३९औँ वार्षिक साधारणसभाका साथै राष्ट्रको सर्वोपरि हितका खातिर योगदान गरेका प्रशासकलाई राष्ट्रिय व्यवस्थापन पुरस्कार उपपराष्ट्रपति नन्दबहादुर पुनबाट प्रदान गर्ने जनाएको छ ।

शुक्रबार नै एशियाली देशका राष्ट्रिय व्यवस्थापन सङ्घहरूको छाता सङ्गठनका रुपमा रहेको एशियाली व्यवस्थापन सङ्घले नेपाल व्यवस्थापन सङ्घसँग मिलेर दक्षिण एशियाको सामाजिक–आर्थिक क्षेत्रमा योगदान गरेका विशिष्ट व्यक्तिलाई सम्मान गरिने भएको छ ।

पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार उक्त सम्मान प्रदान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएको छ । यस सङ्घले कुशल व्यवस्थापनको माध्यमबाट असल शासन पद्धति कायम गरी आर्थिक–सामाजिक विकासमा सघाउँदै आएको छ ।

प्रतिक्रिया