टेकुमा पचली भैरवको घ्याम्पो जात्रा सुरु
नेपालखोज
२०७८ असोज २५ गते ८:५३

काठमाडौं । काठमाडौंको टेकुमा पचली भैरवको घ्याम्पो जात्रा सुरु भएको छ । टेकुस्थित ७ वटा घाटको बीचमा रहेको पचली भैरबको पिठमा होम तथा पूजा गरी जात्रा सुरु भएको हो ।
दशैंको चौथो र पाचौं दिन मनाइने यो जात्रामा भैरवको घ्याम्पोलाई खटमा राखी टेकु, गोफल, लगनटोल, जैसीदेवल, चिकमुगल, मरुगणेशस्थान हुँदै हनुमानढोका दरबारमा लग्ने गरिन्छ ।
सो अवसरमा जिवित देवी कुमारीलाई समेत हनुमानढोका परिसरमा जात्रा अवलोकनका लागि लगिन्छ । मध्यरातमा अजिमासहित पचली भैरवमा बलीसमेत दिएर सोही बाटो हुँदै ज्यापु समुदायको घरमा भैरवको घ्याम्पोलाई प्रतिस्थापन गरिन्छ ।
सम्बन्धित
प्रतिक्रिया