आइतबार, वैशाख ७, २०८२

फेसबुकमार्फत हुने उत्पीडन रोक्न नयाँ कदम

नेपालखोज २०७८ असोज २८ गते १९:००

न्युयोर्क । फेसबुकले आफ्नो साइटबाट हानिकारक सामाग्री हटाउने प्रयास अन्तरगत उत्पीडनविरुद्धको आफ्नो नीतिलाई विस्तार गरेको छ ।

फेसबुकका पूर्व डाटा वैज्ञानिक फ्रान्सेस हयोगेनले फेसबुकले आफ्नो साइटमा हानिकारक सामग्रीको प्रसार रोक्ने जिम्मेवारी पुरा गर्न पर्याप्त कदम नउठाएको तथा उसले आफ्नो लाभलाई उपभोक्ताहरुको हित भन्दा बढि महत्व दिएको आरोप लगाएका थिए ।

अमेरिकी संसद् कांग्रेसलाई जानकारी दिने सिलसिलामा फ्रान्सेसको उक्त भनाई सार्वजनिक भएपछि फेसबुकले यो नयाँ कदम चालेको हो । फेसबुकले उत्पीडनका विरुद्ध नयाँ एवं विस्तारित नीति ल्याउँदै त्यस्ता सामाग्रीहरु माथि रोक लगाउने भएको छ, जसमा सेलिब्रिटी तथा निर्वाचित पदाधिकारीसहित सार्वजनिक हस्तिहरुलाई आम मानिसको नजरमा गिराउने प्रयास गरिन्छ ।

यो परिवर्तनले संसारभरका सरकारसँग असन्तुष्ट मानिस, पत्रकार एवं मानवअधिकार कार्यकर्ताहरुलाई समेत उत्पीडनबाट सुरक्षा प्रदान गर्नेछ । कतिपय देशमा पत्रकार तथा अभियन्ताहरु लाई चुप गराउन सोशल मीडिया प्रयोग गरिदैँ आएको छ ।

अमेरिकाको क्यालिफोर्निया स्थित मेनलो पार्कमा आयोजित कार्यक्रममा फेसबुकले ती सबै सामाग्रीहरुमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ, जसका माध्यमबाट केही व्यक्ति मिलेर कुनै व्यक्तिलाई चोट पुर्याउने प्रयास गरिन्छ ।

फेसबुकका अन्तर्राष्ट्रिय सुरक्षा प्रमुख एन्टिगोन डेविसले आफ्नो ब्लगमा लेखेका छन, ‘‘हामि आफ्नो मन्चमा कसैलाई धम्क्याउने तथा उत्पीडित गर्ने अनुमति दिँदैनौ , यदि त्यस्तो गरिन्छ भने हामि आवश्यक कारवाहि गर्छौ ।’’

प्रतिक्रिया