आइतबार, वैशाख ७, २०८२

माटुर र रोजी बने स्टाइल आइकन नेपाल २०२१

नेपालखोज २०७८ असोज २९ गते १२:१०

काठमाडौं । उदीयमान मोडलहरुको प्रतियोगिता स्टाइल आइकन नेपाल २०२१ को फाइनलमा युवातर्फ सर्वोत्कृष्ट हुँदै माटुर रेहमानले उपाधि जितेका छन् । यस्तै युवतीतर्फ सर्वोत्कृष्ट हुँदै स्टाइल आइकन नेपाल २०२१ को उपाधि रोजी लामिछानेले जितेकी छिन् ।

वर्षको उत्कृष्ट स्टाइल आइकन मोडलको उपाधिसहित जनही २५ हजार रुपैयाँ र विभिन्न उपहार पनि प्राप्त गरेका छन् । मस्ट ट्यालेन्टको उपाधि पनि रोजी लामिछानेले नै हासिल गरिन् ।

काठमाडौंमा मोडलहरुको प्रतियोगिता ‘स्टाइल आइकन नेपाल २०२१’ सम्पन्न भएको हो । प्रतियोगिताको आयोजना इभेन्ट बेटर ग्यालेक्सीले गरेको हो । जमलस्थित नाचघरको मेघा हलमा सम्पन्न प्रतियोगितामा ९ युवा र १९ युवती सहभागी थिए । प्रतियोगितामा फस्ट रनरअपको उपाधि युवा मोडलतर्फ सुजन थापा र युवती मोडलतर्फ सृजा खरेलले जिते ।

सेकेन्ड रनरअपको उपाधि युवा मोडलतर्फ सन्तोष आचार्य र युवती मोडलतर्फ निर्मला धितालले हासिल गरे । यस्तै यही प्रतियोगितामा थर्ड रनरअपको उपाधि युवातर्फ आदर्श मगराती र युवती मोडलतर्फ नेहा यादवले प्राप्त गरे । मस्ट स्टाइलिसको उपाधि युवातर्फ सम्यक महर्जन र युवतीतर्फ चन्दु शाहीले प्राप्त गरे । स्वस्तिका राजभण्डारीको कोरियोग्राफ्रीमा सम्पन्न प्रतियोगिताका डान्स कोरियोग्राफरमा लिजा श्रेष्ठ थिए । प्रतियोगिताको फाइनल कार्यक्रमलाई कोरियोग्राफर रोजिन शाक्य र सोफिया महर्जन कार्कीले सञ्चालन गरेका थिए ।

नेपाली मोडलिङ क्षेत्रमा तीन दशकभन्दा लामो समयदेखि योगदान दिँदै आएको भन्दै अभिनेता तथा अग्रज मोडल कोरियोग्राफर प्रशान्त ताम्राकारलाई इभेन्ट बेटर ग्यालेक्सीका तर्फबाट कार्यक्रममा सम्मानित गरियो ।
प्रतियोगिताको निर्णायकमा अभिनेताहरु प्रमोद अग्रहरि, गजित बिष्ट, कोरियोग्राफर जयन सुब्बा मानन्धर, ब्युटिसियन रुस्का श्रेष्ठ, महेश केसी, विक्रम श्रेष्ठ, दीपक घिमिरे, मीरा कक्षपति र विशाल गुरुङ थिए ।

प्रतिक्रिया