श्वेता खड्काको बिहेपछिको पहिलो दसैँ (फोटो फिचर)
नेपालखोज
२०७८ असोज ३० गते १६:४०

काठमाडौं । नायिका श्वेता खड्काले विवाह पछिको पहिलो दसैँ परिवारका साथ मनाएकी छन् । नायिका खड्काले स-परिवारका साथमा दसैँ मनाएका तस्बिरहरु सामाजिक संजालमा सार्वजनिक गरेकी छन् । जसमा उनि परिवारका साथ निकै खुसी देखिएकी छन् ।
सामाजिक अभियान्तासमेत रहेकी नायिका खड्काले गत वर्ष मंसिर २२ गते प्रेमी विजयन्द्रसिंह रावतसँग विवाह गरेकी थिइन् । यो उनको दोस्रो विवाह हो ।
यस अघि उनको स्व. श्रीकृष्णसँग विवाह भएको थियो । सामाजिक कार्यमा समेत सक्रिय नायिका खड्काका कहाँ भेटिएला, कोहिनुर, कान्छीलगायतका चलचित्रहरु निकै चर्चित छन् ।







तस्बिर : नायिका श्वेता खड्काको फेसबुकबाट
सम्बन्धित
प्रतिक्रिया