आइतबार, वैशाख ७, २०८२

नायिका श्वेता खड्का आज आफ्नो ३२ औँ जन्मदिन मनाउदै

नेपालखोज २०७६ माघ २२ गते १०:०२

२२ माघ, काठमाडौं । नायिका श्वेता खड्काले आज आफ्नो ३२ औं जन्मदिन मनाइरहेकी छन् । १९८९ फेब्रुअरी ५ तारिखका दिन उनको जन्म काभ्रेको पनौतीमा भएको थियो । यस आधारमा आज उनी ३२ औं जन्मदिन मनाउँदैछिन् ।

श्वेताले १२ वर्षअघि मोडलिङ हुँदै फिल्मी क्यारियर सुरु गरेकी हुन् । सन् २०१० मा रिलिज भएको चलचित्र ‘कहाँ भेटिएला’ उनको डेब्यु चलचित्र हो । एउटै चलचित्रबाट स्थापित हुने थोरै नायिकामा श्वेता पनि पर्छिन् ।

त्यसपछि उनले हाँसी देउन एक फेर, श्रीमान् श्रीमती, कोहिनूर र कान्छी चलचित्रमा अभिनय गरिन् । कहाँ भेटिएला, कोहिनूर र कान्छी उनले आफैंले निर्माण गरेको चलचित्र हो ।

कहाँ भेटिएला खेल्ने क्रममा उनको अभिनेता श्रीकृष्ण श्रेष्ठसँग प्रेम सम्बन्ध बस्यो । त्यसपछि दुवैले आफ्नो प्रेमलाई विवाहमा परिणत गरे । बिहेपछि श्रीकृष्ण र श्वेता ६ महिना पनि सँगै बस्न पाएनन् । सन् २०१४ मा क्यान्सरका कारण श्रीकृष्णको निधन भयो ।

श्रीकृष्णको निधनपछि दुई वर्ष नेपाली चलचित्र उद्योगबाट अलग्गिएकी श्वेता फेरि अभिनय र निर्माणमा लागिन् । आकाश अधिकारीसँग मिलेर कान्छी चलचित्र खेलिन् । अहिले नायिका श्वेता सिन्धुपाल्चोकको माझीबस्तीमा एकीकृत घर निर्माण गरेर हस्तान्तरण गर्ने कार्यमा लागेकी छन् ।

प्रतिक्रिया