उलविच लेट नाइट फार्मेसीले जित्यो यूकेको उत्कृष्ट अवार्ड

काठमाडौं । द कँडेल ग्रुपको लन्डनस्थित रहेको उलविच लेट नाइट फार्मेसीले ‘यूके इन्डिपेन्डेन्ट फार्मेसी अवार्ड २०२१’ जित्न सफल भएको छ ।
यूके, दुबई तथा नेपालमा कैयौँ कम्पनीहरु सञ्चालन गर्दै आइरहेको द कँडेल ग्रुपको उलविच लेट नाइट फार्मेसीले फार्मेसी इनोभेसन क्याटेगोरीअन्तर्गत अवार्ड जित्न सफल भएको हो । नेपालमा लामो समयदेखि द कँडेल ग्रुपको ब्रिटिस कलेजले गुणस्तीय अन्तर्राष्ट्रिय शिक्षा प्रदान गर्दै आइरहेको छ ।
शोभा शर्मा कँडेल, उलविच लेट नाइट फार्मेसीकी सिनियर क्लिनिकल फर्मासिस्ट र सुपरिडेन्डेन्ट जिगनेस मेहताले संयुक्त रुपमा अवार्ड लिएका थिए ।
यो प्रतिष्ठित अवार्डले यूकेमा साना तथा स्वतन्त्र फार्मेसीहरु जसको १२ वा सोभन्दा कम ब्रान्चहरु छन् । तिनीहरुले गरेको उत्कृष्ट कामको मूल्यांकन गरेको छ । उक्त अवार्डका लागि उलविच लेट नाइट फार्मेसी छनोट हुनु नै गर्वको कुरा भएको द कँडेल ग्रुपका म्यानेजिङ डाइरेक्टर राजन कँडेलले बताए ।
फार्मेसीका म्यानेजिङ डाइरेक्टर राजन कँडेलले भने, ‘यो अवार्ड पाउँदा अन्यन्त खुसी भएका छौँ । यो फार्मेसी टिमले गरेको कडा मिहिनेतको नतिजा नै हो । हामीले भर्खरै हाम्रो चौथो फार्मेसी लन्डनमा विस्तार गरेका छौँ । यो अवार्डले स्थानीय समुदायको सहयोग गर्न थप प्रोत्साहन गरेको छ । उलविच लेट नाइट फार्मेसीले गरेको कामको कदर गर्दै अवार्डबाट सम्मानित गरेकामा धन्यवाद दिन चाहन्छु ।’
प्रतिक्रिया