नेप्से २,५५६ दशमलव ९५ अंकमा सीमित, सातामा १३ अर्ब ५६ करोडको कारोबार

काठमाडौं । नेप्से यो साता दुई हजार पाँच सय ५६ दशमलव ९५ अंकमा सीमित हुन पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि चार सय ८३ दशमलव ३९ अंकमा सीमित हुुन पुगेको छ ।
कुल दुई सय २१ वटा कम्पनीहरुको एक लाख ८७ हजार पाँच सय ८७ पटकको कारोबारमा यो साता तीन करोड ५३ लाख २० हजार एक सय ८९ कित्ता सेयर किनबेच भएका छन् ।
उक्त परिमाणमा सेयर किनबेच हुँदा कुल कारोबार रकम १३ अर्ब ५६ करोड २१ लाख १६ हजार सात सय ७२ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा केही कम हो ।
गत साता अर्थात दसैँअघि भने नेप्सेमा दुई सय ३२ वटा कम्पनीहरुको एक लाख ९७ हजार ६३ पटकको कारोबारमा तीन करोड छ लाख ३४ हजार एक सय ८२ कित्ता सेयर खरिद बिक्री भएका थिए ।
जसबाट कुल कारोबार रकम १५ अर्ब २३ करोड ९० लाख ९२ हजार छ रुपैयाँ पुगेको थियो । यो साता नेप्से पाँच दिन नै खुल्ला रहेकोमा पहिलो र चौथो दिन बढेको भएपनि दोस्रो, तेस्रो र पाँचौं दिन भने घटेको थियो ।
सोही आधारमा पहिलो दिन १७ दशमलव ५९ अंकले बढेर दुई हजार छ सय ५६ दशमलव ९६ अंकमा चढेको नेप्से साताको अन्तिम दिनसम्म आइपुग्दा दुई हजार पाँच सय ५६ दशमलव ९५ अंकमा सीमित हुन पुगेको छ ।
यसैगरी पहिलो दिन तीन दशमलव १७ अंंकले बढेर चार सय ९९ दशमलव ७८ अंकमा चढेको सेन्सिटिभ इन्डेक्स अन्तिम दिनसम्म आइपुग्दा चार सय ८३ दशमलव ३९ अंकमा सीमित हुुन पुगेको थियो ।
नेप्सेमा यो साता नबिल बैंक, सानिमा बैंक, हिमालयन डिष्ट्रिलरी प्राली, आदिको बढी रकम कारोबार भएका छन्, भने नबिल बैंक, हिमालयन डिष्ट्रिलरी प्राली लगायतका कम्पनीहरुको बढी संख्यामा सेयर किनबेच भएका छन् ।
यसैगरी बजार पुँजीकरणका आधारमा भने यो साता नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स लगयतका कम्पनीहरु अगाडि परेका छन् ।
प्रतिक्रिया