प्रदेश १ : फ्लोर क्रस हुने सूचना पाएपछि प्रदेश सभा बैठक रोक्न कांग्रेस र एमालेको माग
नेपालखोज
२०७८ कार्तिक ७ गते १३:१७

विराटनगर । सांसदहरूले फ्लोर क्रस गर्ने सूचना पाएपछि नेपाली कांग्रेस र एमालेले प्रदेश १ को प्रदेश सभा बैठक रोक्न माग गरेका छन् ।
आज मुख्यमन्त्री भीम आचार्यले प्रदेश सभा बैठकमा विश्वासको मत लिने तय गरिएको छ ।
केही सांसदले फ्लोर क्रस गरेर मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिने तयारी गरेको सूचना पाएपछि कांग्रेस र एमालेले सभामुख प्रदीपकुमार भण्डारीलाई पत्र लेखेर बैठक रोक्न माग गरेका हुन् ।
कांग्रेस र नेकपा (एकीकृत समाजवादी)का केही सांसदले फ्लोर क्रस गर्ने तयारी गरेको सूचना दुई पार्टीले पाएका थिए ।
सम्बन्धित
प्रतिक्रिया