बिहीबार, वैशाख ११, २०८२

सिद्धार्थ बैंकद्वारा १५ प्रतिशत लाभांश घोषणा

नेपालखोज २०७८ कार्तिक ८ गते १३:०५


काठमाडौं । सिद्धार्थ बैंकले १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले हाल कायम रहेको चुक्ता पुँजी १० अर्ब ९६ करोड २२ लाख ९९ हजार ९ सय १५ रुपैयाँ मध्येबाट १५ प्रतिशतको अनुपातमा १ अर्ब ६४ करोड ४३ लाख ४४ हजार ८ सय ८० रुपैयाँ बराबरको लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

बैंकका अनुसार घोषित लाभांश मध्येमा १४ दशमलव २४ प्रतिशत अर्थात एक अर्ब ५६ करोड २१ लाख २७ हजार छ सय ३६ रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि शुन्य दशमलव ७५ प्रतिशत अर्थात ८ करोड २२ लाख १७ हजार २ सय ४४ रुपैयाँ बराबरको नगद लाभांश रहेको छ ।

लाभांस वितरण सम्वन्धी सन्चालक समितिको आइतबार बसेको ३ सय ८१ औं बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृती एवं बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ ।

प्रतिक्रिया