बिहीबार, वैशाख ११, २०८२

नेपाल बैंकले १७ प्रतिशत लाभांश वितरण गर्ने

नेपालखोज २०७८ कार्तिक ८ गते १३:४१

काटमाडौं । नेपाल बैैंक लिमिटेडले १७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफा मध्येबाट हाल कायम रहेको चुक्ता पुँजी १२ अर्ब ६३ करोड ६७ लाख ५८ हजार छ सय २४ रुपैयाँ मध्येबाट १४ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

लाभांश वितरणका सम्बन्धमा बैंकको यही कात्तिक ७ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय नेपाल राष्ट्र् बैंकको स्वीकृती एवं बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ ।

प्रतिक्रिया