बिहीबार, वैशाख ११, २०८२

ज्योति विकास बैंकले गर्‍यो स्मार्ट सेभिङ बचत खाताको सुरुवात

नेपालखोज २०७८ कार्तिक ८ गते २२:०५

काठमाडौं । ज्योति विकास बैंकको ज्योति स्मार्ट सेभिङ बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार यो एक खातामा तीन सुविधा र सर्वाधिक पाँच दशमलव ७५ प्रतिशत व्याजदर तोकिएको छ ।

बैंकले शून्य मौज्दातमा बचत, निःशुल्क डिम्याट र निःशुल्क मेरो सेयर गरी एउटै खातामा तीन सुविधा भएको ज्योति स्मार्ट सेभिङ बचत खातामा सर्वाधिक पाँच दशमलव ७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

बचत सँगसँगै डिम्याट खाता र मेरो सेयर सुविधा लिई लगानी गर्न सहज तथा सरल गराउने उद्देश्यले ग्राहकहरुको लागि ज्योति स्मार्ट सेभिङस् खाता संचालनमा ल्याइएको हो ।

यस बचत खातामा ग्राहकहरुले शून्य मौज्दातमै निःशुल्क डिम्याट खाता, निःशुल्क मेरो सेयर रजिस्ट्रेसन, निःशुल्क सि–आस्वा, निःशुल्क मोबाइल बैंकिंग सेवा, निःशुल्क इन्टरनेट बैंकिंग सेवा र निःशुल्क डेबिट कार्ड सुविधाहरु पाउन सक्नेछन् ।

साथै, यस बचत खातामा महिला निक्षेपकर्ताहरुको लागि ज्योति लकर सुविधामा ५० प्रतिशत छुट पनि रहेको छ । ग्राहकहरुले ज्योति स्मार्ट सेभिङस खाता आफूलाई पायक पर्ने नजिकको शाखा कार्यालयमा गई अथवा अनलाइनमार्फत पनि खाता खोली आकर्षक ब्याजदर सहितको सुविधा लिन सक्नेछन् ।

बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटिएममार्फत सेवा उपलव्ध गराउँदै आइरहेको छ ।

प्रतिक्रिया