बैंक अफ काठमाण्डूका ग्राहकले नेपाल पेमेन्टबाट रकम स्थानान्तरणका साथै अन्य सेवा पाउने

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र नेपाल पेमेन्ट सोलुसन्स् प्रालीबीच गुणस्तरिय डिजिटल सेवाको लागि सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई समय सापेक्ष गुणस्तरिय सेवा दिँदै आइरहेको र यस्तै गुणस्तरिय डिजिटल सेवालाई अझै विस्तारित गर्न बैंकले नेपाल पेमेन्ट सोलुसनसँग सहकार्यको लागि सम्झौता गरेको हो ।
सम्झौता अनुसार बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकहरुले नेपाल पेमेन्ट सोलुसनबाट उपलब्ध हुने सेवाहरु रकम स्थानान्तरण, वालेटहरुमा रकमान्तर तथा अन्य थुप्रै सेवा तथा सुविधाहरु पाउन सक्नेछन् ।
उक्त सम्झौतामा बैंकको तर्फबाट अमर राजभण्डारी र दिलन शाक्य तथा नेपाल पेमेन्ट सोलुसन्स् प्रालीको तर्फबाट प्रताप श्रेष्ठ र सिमन श्रेष्ठले एक समारोहको बिच हस्ताक्षर गरेका छन् ।
नेपाल पेमेन्ट सोलुसन प्राली एक भुक्तानी प्रणाली एग्रीगेटर हो जसले विशेष गरी बैंक तथा वित्तिय संस्थाहरु, पीएस्पीहरु, रेमिट्यान्स कम्पनीहरु र व्यवसायिक क्षेत्रहरुमा केन्द्रित रहेर काम गर्ने गर्दछ ।
नेपाल पेमेन्ट सोलुसनले अधिकाशं बैंक तथा वित्तीय संस्थाहरुसँग सहकार्य गरी काम गरी रहेको छ । बैंक अफ काठमाण्डू लिमिटेडले ९१ शाखा कार्यालयहरु, ८० एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिंग सुविधा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया