सुर्या लाइफकाे नयाँ लोगो !

काठमाडौं । सुर्या लाइ्फ इन्स्योरेन्स कम्पनीले आफ्नो नयाँ लोगो तथा मुल नारा सार्वजनिक गरेको छ । नेपालको जीवज बिमा व्यवसायमा मौलिक पहिचान तथा नयाँ उचाइमा पुग्ने लक्ष्यका साथ कम्पनीले सेवामा उत्कृष्टता कायम गर्ने प्रतिबद्धता र सुदृढ पहिचान कायम गर्ने उद्देश्यले पोखराको पोखराको माउन्टेन ग्लोरी रिर्सोटमा आयोजित एक भब्य समारोहमा आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ ।
कम्पनीले आफ्नो मुलनारा सर्वे भवन्तु सुखिनः रहने ब्यहोरा समेत व्यक्त गरेको छ । उक्त नयाँ लोगो कम्पनीको संचालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराई, कम्पनीका संचालक तथा बिमा विज्ञ विवेक झा तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खडकाले संयुक्तरुपमा अनावरण गरे ।
कम्पनीको संचालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराईले नयाँ लोगो सार्वजनिक भएसँगै नयाँ पहिचानका साथ कम्पनी अझ सफलतापुर्वक अगाडि बढ्ने विश्वास व्यक्त गरे ।
त्यसैगरी कम्पनीले संगठनात्मक सुशासनलाई प्राथमिकता दिई आफ्ना बीमित-सेवाग्राहीहरुलाई कम्पनीबाट प्रवाह हुने सेवा अझ उत्कृष्ट तथा छिटो छरितोरुपमा उपलब्ध गराउन संचालक समितिबाट ब्यवस्थापनलाई पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
त्यसैगरी १० बर्ष भन्दा बढी अवधिदेखि जीवन बीमा क्षेत्रमा आफ्नो छुट्टै पहिचान तथा नेतृत्वदायी भुमिका निभाउनु भएका सफल बीमा बिज्ञ तथा कम्पनीका संचालक विवेक झाले उक्त कार्यक्रममा बिमाको महत्व र नयाँ लोगोको आवश्यकताको वारेमा प्रकाश पारे ।
उनले जीवन बीमाका ४ आधारहरु बीमित, अभिकर्ता, कर्मचारी तथा लगानीकर्ता हुन्छन, यि मध्ये प्रमुख दुई पिलर अभिकर्ता तथा कर्मचारी जसले बीमित तथा कम्पनीको बिच एउटा मजबुत पुलको काम गरेका हुन्छन् भन्दै सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले अब आफ्नो छुट्टै पहिचान कायम गरी देशमा अब्बल कम्पनीकोरुपमा स्थापित हुने यात्राको सुरुवात यस नयाँ लोगोको नारा ‘सर्वे भवन्तु सुखिनः’ अर्थात ‘सबै सुखि हुन्’का साथ सुभारम्भ गरेको कुरा व्यक्त गरे ।
कार्यक्रममा झाले नयाँ लोगोका तीन रंग रातो, कालो र पहेंलोले यस कम्पनीको उद्देश्यलाई स्पष्ट पार्छ र कम्पनी अब बिगर, बोल्डर र ब्राईटर भएर अगाडी बढदै आफ्ना ग्राहकहरुको चाहना र सन्तुष्टीको ख्याल गर्दै आफ्ना सेवाहरुलाई केन्द्रमा राखी यसको बिशिष्टिकरणका लागि प्रविधि र उत्कृष्ट व्यवस्थापनको सिद्धान्तको प्रयोगबाट गति दिने योजना रहेको स्पष्ट पारे ।
त्यसैगरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले नयाँ लोगो र नयाँ पहिचान भनेको बीमा सेवामा उत्कृष्टताको प्रतिबद्धता हो, त्यसैले कम्पनी व्यवस्थापन संचालक समिति, बीमित, अभिकर्ता र नियमनकारी निकाय सबैमा आफ्नो उत्कृष्ट पहिचान राख्न कटिबद्ध रहेको ब्यहोरा व्यक्त गरे ।
साथै कम्पनीलाई आगामी दिनमा मौलिक पहिचानका साथ अग्रणी तथा अब्बल कम्पनीकोरुपमा नयाँ उचाईमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।
दुई दिन सम्म संचालित उक्तकार्यक्रममा कम्पनीबाट समय समयमा जारि भएका विभिन्न बिमा योजनाहरु बिमा बजारमा लागि कम्पनीको ब्यवसाय विस्तारमा पुर्याएको योगदानको उच्च कदर गर्दै आर्थिक वर्ष २०७७-०७८ का उत्कृष्ट अभिकर्ता तथा एजेन्सी मैनेजरहरुका साथै कम्पनीको लक्ष्य प्राप्तिका लागि अहोरात्र खटिई उत्कृष्ट कार्य गर्ने कर्मचारी तथा शाखा कार्यालयहरुलाई विभिन्न विधामा अवार्ड प्रदान गरिएको थियो ।
कम्पनीका अध्यक्ष, संचालक तथा प्रमुख कार्यकारी अधिकृतले पुरस्कृत हुने सबैलाई बधाई ज्ञापन गर्नुका साथै उक्त कार्यक्रममा अभिकर्ता संघका अध्यक्ष रामबहादुर तामाङ, पुरस्कृत अभिकर्ता-एजेन्सी मेनेजरहरुको तर्फबाट सुनिल खड्का तथा कमल प्रसाद घिमिरेले समेत आफ्नो विचार व्यक्त गरेका थिए ।
प्रतिक्रिया