बिहीबार, वैशाख ११, २०८२

दोहोरी च्याम्पियनको उपाधि प्रकाश-मीनालाई

नेपालखोज २०७८ कार्तिक १३ गते २०:१६

काठमाडौं । नेपाल टेलिभिजनको प्रस्तुति रहेको दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’को उपाधि प्रकाश पराजुली र मीना बुढाथोकीको समूहले जितेको छ ।

शनिबार साँझ पोखरामा भएको फिनालेमा बालचन्द्र बराल र शोभा कार्कीको समूहलाई भोटको आधारमा पछि पार्दै प्रकाश र मीनाको समूहले उपाधि हात पारेको हो । बालचन्द्र बराल र शोभा कार्कीको समूहले दोस्रो स्थान हात पारेको छ ।

प्रतिक्रिया