शुक्रबार, वैशाख १२, २०८२

बैंक अफका ग्राहकलाई सोवा हेल्थकेयर सेन्टरमा १५ प्रतिशत छुट

नेपालखोज २०७८ कार्तिक १४ गते १४:१२


काठमाडौ । बैंक अफ काठमाडौं लिमिटेड र सोवा हेल्थकेयर सेन्टर बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, मोबाइल बैंकिङ्ग तथा क्यूआर कोर्डको माध्यमबाट भुक्तानी गर्दा बैंकको ग्राहकहरुलाई १५ प्रतिशतसम्म छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

यस सम्झौता पश्चात् ग्राहकहरुले सोवा हेल्थकेयर सेन्टरले प्रदान गर्ने इएम् बाहेका सम्पूर्ण स्वास्थ्य सम्बन्धी सेवाहरु उपभोग बापत बैंकको कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मूल्यको १५ प्रतिशतसम्म छुट पाउन सक्ने छन् ।

सोवा हेल्थकेयर सेन्टरले जावलाखेल, ललितपुरबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आइरहेको छ । बैंकले ९१ शाखा कार्यालयहरु, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया