ज्योति विकास बैंक बोन्ड २०८७ ऋणपत्र नेप्सेमा सुचीकृत

काठमाडौं । ज्योति विकास बैंकद्वारा निष्काशित १.५ अर्ब बराबरको ९ प्रतिशत ज्योति विकास बैंक बोन्ड २०८७ ऋणपत्र नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत भएको छ ।
आइतबार एक कार्यक्रमकाबीच सो ऋणपत्र सूचीकरण गर्ने सम्झौतापत्रमा ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र नेपाल स्टक एक्सचेन्ज लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयालले हस्ताक्षर गरेका हुन् ।
सम्झौता पश्चात् सो ऋणपत्र नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा दोस्रो बजारमा कारोबार गर्न सकिनेछ । सूचीकरण भएको ऋणपत्र धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएको दोस्रो दिनबाट नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोबार सुरु हुने बैंकले जानकारी दिएको छ ।
बैंकले एक हजार अंकित दरका १५ लाख कित्ताले हुन आउने ज्योति विकास बैंक बोन्ड २०८७ ऋणपत्र ९ प्रतिशत वार्षिक ब्याजदरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी गर्ने गरि १० वर्ष अवधिको लागि निष्काशन गरेको थियो । बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ ।
प्रतिक्रिया