प्रभु बैंकले पहिलो त्रैमासिकमा कति कमायो खुद मुनाफा ?

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा ६३ करोड ६३ लाख २१ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ८५ करोड १४ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो । हाल चुक्ता पुंजी ११ अर्ब ३४ करोड ७० लाख ५७ हजार रुपैयाँ रहेको बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक खर्ब ६५ अर्ब ४५ करोड ३६ लाख ९९ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ३८ अर्ब ४७ करोड १५ लाख ५० हजार रुपैंयाँ कर्जा प्रवाह गरेको छ ।
यो अवधिमा एक अर्ब ४२ करोड २३ लाख ६२ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दशमलव ६१ प्रतिसत कर्जा निष्क्रिय छ । सो अवधिमा तीन दसमलव ३८ प्रतिसत स्प्रेड दर रहेको बैंकको बितरणयोग्य नाफा भने ३० करोड ४४ लाख ३१ हजार रुपैयाँ छ ।
गत आर्थिक वर्षको सोही अवधिमा भने बैंकले एक खर्ब ६४ अर्ब ८३ करोड २१ लाख ५४ हजार रुपैंयाँ निक्षेप संकलन गरी एक खर्ब ३५ अर्ब १७ करोड १२ लाख सात हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
उक्त अवधिमा एक अर्ब ६९ करोड ३९ लाख २७ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा दुई दसमलव ६७ प्रतिसत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ३७ प्रतिशत थियो ।
प्रतिक्रिया