फेरि तात्न थाल्यो र्याम्प (फोटो फिचर)
नेपालखोज
२०७८ कार्तिक २७ गते ८:३०

काठमाडौं । कोरोना महामारीका कारण सुस्ताएका कतिपय गतिविधिहरु पुनर्जीवित हुन थालेका छन् । यसक्रममा शुक्रबार राति होटेल र्याडिसनमा एक फेसन शो भएको छ ।
जसमा विभिन्न मोडलहरुले समसामयिक फेसनका पहिरनहरु प्रस्तुत गरे । महिलाहरुको सारी, वानपिसदेखि पुरुष फेसनसम्मका नयाँ डिजाइनहरु समेटिएको उक्त फेसन शोको आयोजना मृगतृष्णा फेसन हाउसले गरेको थियो ।
डिजाइनर तृष्णा गुरुङले तयार पारेका ती पहिरनमा केही पहिरन मोडिफाई तथा केहीमा नयाँ प्रयोग गरिएको थियो । करिब डेढ घण्टा चलेको फेसन शोलाई गायक धीरज राई तथा गायिका मनीषा पोखरेलले आफ्नो गायनमार्फत संगीतमय बनाएका थिएका थिए । फेसन शोमा बाल मोडल आर्यन थापा शो स्टपरका रुपमा प्रस्तुत भए ।



















सम्बन्धित
प्रतिक्रिया