तेलको भाउ !
अशेष मल्ल
२०७८ कार्तिक २७ गते १८:०४

बिहान तेल किन्न गएको छोरो
बेलुकी रित्तो बोतल लिएर फर्केछ
बाबु साह्रै झोक्किँदा छोरोले भनेछ
क्यू बस्दा-बस्दा बल्ल पालो आएछ
पालो आउँदा तेलको भाउ नै बढिसकेछ ।
-(विराटनगरमा छँदा २०३२ सालमा लेखेको रहेछु । घरी-घरी तेलको भाउ बढेपछि सम्झिएँ)
सम्बन्धित
प्रतिक्रिया